चिकित्सा शिक्षासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न डा.केसीको माग



काठमाडौं,२३ माघ/   चिकित्सा शिक्षा सुधारमा लागेका प्रा. डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

डा. केसीले मंगलबार एक विज्ञप्ति जारी गर्दै तत्काल प्रतिवेदन सार्वजनिक गरेर सबै दोषीहरुलाई कारबाही गर्न माग गरेका हुन् ।

न्यायिक जाँचबुझ आयोगले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाँसहित विभिन्न पदाधिकारी, डीनहरुलगायतलाई बर्खास्त गरी कारबाही गर्न सिफारिस गरेको छ ।

डा. केसीले आइओएमका डीनको कार्यसम्पादनमा अवरोध रोक्नुपर्ने, प्रधानन्यायाधीश गोपाल पराजुलीलले राजीनामा दिनुपर्नेलगायतका माग पनि विज्ञप्तिमार्फत् दोहोर्‍याएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २३ गते मंगलबार