धनुषा,२१ माघ/ रक्सी बिक्री वितरण गर्ने लाइसेन्स बनाई दिने भन्दै १० हजार रुपैयाँ घुस लिँदै गरेका एक जना प्रहरी जवानलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले १० हजार रुपैयाँ घुससहित धनुषाको लक्ष्मीनिया अस्थायी प्रहरी चौकीका घुमुवा प्रहरी जवान मनोजकुमार प्रशैलालाई पक्राउ गरेको हो ।
आइतबार साँझ ४ बजे जनकपुरको भ्रमरपूरा चोकमा एक जनाबाट १० हजार घुस लिँदै गर्दा प्रहरी जवान प्रशैलालाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
सुनसरी जिल्लाको श्रीपूर घर भएका प्रहरी जवान प्रशैला लक्ष्मीनिया प्रहरी चौकीमा कार्यरत छन् । आयोगले प्रहरी जवान प्रशैलालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति : २०७४ माघ २१ गते आइतबार









प्रतिक्रिया दिनुहोस्