नयाँ प्रधानमन्त्रीबाट पेट्रोल पाइपलाइनको शिलान्यास



काठमाडौं,१७ माघ/   नेपालमा इन्धन बिक्रीमा एकाधिकार पाएको भारतले नयाँ प्रधानमन्त्री आएपछि मात्र नेपाल–भारत (रक्सौल–अमलेखगञ्ज) पेट्रोल पाइप लाइन निर्माण सुरु गर्ने भएको छ ।

पाइप लाइनका लागि धमाधम पाइप नेपाल भित्रिरहेको भए पनि भारतले नयाँ सरकार बनेपछि पाइप लाइन निर्माण थाल्ने संकेत गरेको हो ।

वाम गठबन्धनको बहुमत रहेकाले भावी प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीलाई हेरिएको छ । राजनीतिक स्वार्थ पूरा गर्न साढे दुई वर्षअघि इन्धनमा नाकाबन्दी लगाएको भारतले नयाँ बन्ने रक्सौल–अमलेखगञ्ज पेट्रोल पाइपलाइनको शिलान्यास नयाँ प्रधानमन्त्रीबाट गरेर राजनीतिक सन्देश दिने तयारी गरेको हो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १७ गते बुधबार