सरकारले जनहितमा काम गर्न नपाएको प्रधानमन्त्रीको गुनासो



काठमाडौं,१३ माघ/  प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारले जनहितमा काम गर्न नपाएको गुनासो गरेका छन् ।

वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको दशौं बार्षिक साधारणसभाका अवसरमा शनिबार गरिएको कार्यक्रममा प्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्री भएलगत्तैबाट निर्वाचन आचारसंहिता लाग्दै आएकाले जनताको पक्षमा निर्णय गर्न कठिन भएको बताएका हुन् ।

आफूले जनहितमा कुनै निर्णय गर्न आँट्यो कि निर्वाचन आचारसंहिताले रोक्ने गरेको उनको भनाइ थियो । उनले कतिपय जनमैत्री निर्णय हुँदा पनि अनावश्यक टिप्पणी हुनु दुःखद भएको बताए ।

प्रधानमन्त्री देउवाले राष्ट्रियसभा निर्वाचन सकिनासाथ आफूले सरकार छाड्ने भन्दै निर्वाचन सम्पन्न गर्न बनेको सरकार निर्वाचन नसकिँदै बिदा हुनुपर्ने भन्ने तर्क संविधान विपरीत रहेको बताए ।

उनले सहकारीका माध्यमबाट अस्पताल सञ्चालन गरेर जनमैत्री काम हुनु प्रशंसनीय भएको बताए । कार्यक्रममा उपप्रधानमन्त्री एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठले सहकारीमार्फत जनताको सेवामा लाग्नु रा

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १३ गते शनिबार