काठमाडौं,१२ माघ/ प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राष्ट्रियसभा सदस्य निर्वाचनमा मत बदर हुने अवस्था नआउने गरी राम्रोसँग मतदातालाई मत संकेत गर्न सिकाउन कर्मचारीलाई निर्देशन दिएका छन् ।
ललितपुरको गोदावरीमा शुक्रबार आयोजित ‘राष्ट्रियसभा सदस्य निर्वाचनः मतदान र मतगणना’ विषयको प्रशिक्षणको उद्घाटन गर्दै उनले निर्वाचनमा एउटा मत बदर हुँदा १८ वा ४८ मतभार बदर हुने भएकाले जिल्ला–जिल्लामा गएर मतदातालाई मत संकेत गराउने तरिका सिकाउन आग्रह गरे ।
उनले यही माघ २४ गते हुने निर्वाचनका लागि शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू भएकाले सरकार र सरोकार भएकाहरुबाट त्यसको पूर्णपालना हुने विश्वास व्यक्त गरे ।
प्रशिक्षणमा आयोगका प्रवक्ता नवराज ढकालले स्थानीय तह र प्रदेशसभाका गरी दुई हजार ५६ मतदातालाई मत संकेत गर्न सिकाउनुपर्ने बताउँदै हरेक मतदातालाई राम्रोसँग मत संकेत गर्न सिकाएर बदर मतलाई न्यून गर्नुपर्नेमा जोड दिए ।









प्रतिक्रिया दिनुहोस्