17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

बाँसगढी महोत्सवले यस क्षेत्रमा हुने आर्थिक गतिविधिमा फड्को मार्ने विश्वास लिएका छौं ।

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, माघ ८, २०७४  

 

कटक बहादुर विसी

(बर्दिया उद्योग वाणिज्य संघ अध्यक्ष)

“उद्योग व्यापार कृषि पर्यटन र कला संस्कृतिको पहिचान, ग्रामीण प्रविधि, वैज्ञानिक प्रविधिहरुको वृहत प्रदर्शनीको अभियान” भन्ने मुल नारा सहित माघ १२ गते देखि २२ गते सम्म दोस्रो बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार एवं बर्दिया माघि महोत्सव २०७४ सञ्चालन हुँदै छ ।बाँसगढी उद्योग वाणिज्य सँघको मुख्य आयोजना, बाँसगढी नगरपालिकाको आयोजना र उद्योग वाणिज्य महासँघ प्रदेश नं ५ को सहआयोजनामा महोत्सव सञ्चालन हुन लागेको छ । मेलाको विषयमा बाँसगढी उद्योग वाणिज्य सँघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक कटक बि.सि सँग मिसन सम्वाददाता रावन विश्वकर्माले वाणिज्य संघले गर्न लागिरहेको महोत्सवको तयारीकै सन्दर्भमा केन्द्रित रहेर लिएको अन्तर्वार्ताको सम्पादित प्रमुख अंश ।

१. मेला आयोजना गर्नुको मुख्य उदेश्य के हो ?
ँ स्थानीय स्तरमा उत्पादन वस्तुहरुलाई प्रर्वद्धन गर्नको निम्ति हाम्रा यहाँका किसानहरुसँग उत्पादन चिजहरुलाई हामीले पर्वद्धन गर्ने, हाम्रो पहिचानलाई चिनाउन, यहाँको कला संस्कृति, भेषभुषा, धार्मिक एंव पर्यटकिय स्थलहरुको प्रचारप्रसार, लद्यु उद्यम, हस्तकला, घरेलु तथा साना उद्योग, कृषि तथा कृषिमा आधारित व्यवसायहरुलाई नयाँ प्रविधिको जानकारी, स्वदेशी उद्योगलाई प्रतिस्पर्धी उद्योगको रुपमा उन्मुख गराउन, स्थानीय तहको संस्कृतिको प्रचार प्रसार र जर्गेना गर्ने विविध उदेश्यका साथ मेलाको आयोजना गरिएको हो । तत्कालको लागि भने बाँसगढी उद्योग बाणिज्य सँघको भवन निमार्ण गर्ने उदेश्यका साथ महोत्सव आयोजना गरिएको हो ।
२. मेलाको तयारी कस्तो छ ?
ँ मेलाको तयारी तिब्र रुपमा अगाडि बढिरहेको  छ । हामीले आफनो समय सम्ममा यसको सम्पुर्ण काम सकिसक्छौं । अहिले सम्म पूर्वपश्चिम राजमार्ग अन्तरगतका चोकहरुमा गेट निर्माण गरिसकेका छांै । मेला स्थलमा पनि वरिपरि बार, गेट निर्माणको काम सम्पन्न भइसकेको छ भने स्टलहरु निर्माण काम पनी करिब करिब आधा भन्दा बढी भइसकेको छ । मेलाको प्रसार प्रसारको लागि पनि बर्दियाका विभिन्न स्थानहरुमा माईकिङ, प्रर्चा पम्पेलेट वितरण, विभिन्न सञ्चार माध्यमहरुमा पनि प्रचारप्रसार तिव्र रुपमा भइरहेको छ । आन्तरिक तयारी अनुसार लगभग ५५ प्रतिशन तयारी भइसकेको र मेलाको दिन सम्म पुरा तयारी भइसक्ने छ ।
३. मेलाको उद्घाटन कस्को हातबाट गर्ने तयारी गर्नु भएको छ नि ?
ँ नीजि क्षेत्रको कार्यक्रम भएकाले निजि क्षेत्रका विशिष्ट व्यक्तित्वबाट उद्घाटन गरिने योजना बनाएको भए पनि विशेष कारण सम्भव नभएकाले सिचाई मन्त्री संजय कुमार गौतमबाट उद्घाटन गरिने कार्यक्रम छ ।
४. यस भन्दा पहिले पनि बाँसगढीमा महोत्सवको आयोजना गर्नु भयो पहिला कस्तो भयो अनि अहिले कस्तो होला भन्ने अपेक्षा गर्नुभएको छ ?
ँ पहिलाको महोत्सवले हामीलाई पाठ सिकाएको छ । यो क्षेत्रमा बर्दिया जिल्लाकै नमुनाको रुपमा भव्य र सभ्य रुपमा मेला सम्पन्न ग¥यौं । हामी खुसी छौ । सबै दर्शकहरु खुसी हुनुभयो ।
मेलाबाट सोचे जस्तो फाइदा नगरेको भए पनि यहाँ सम्पुर्ण किसान, व्यपारीहरुलाई फाइदा हुने गरी मेलाको आयोजना ग¥यौं । मेला जिल्लामै चर्चाको विषय बन्यो, जिल्लामै नमुनाको रुपमा मेला सम्पन्न भयो । अहिले पनि पहिलोको भन्दा गुणस्तर र सभ्य तयारीकाले सम्पन्न गर्छौ भन्ने हामीलाई लागिरहेको छ ।
५. मेला सञ्चालनको लागी कति वटा उपसमितिहरु रहेका छन् ।
ँ मेला सञ्चालनको लागि हामीले ८ ओटा उपसमितिहरु बनाएका छौ । जसमा सचिवालय व्यवस्थापनको लागि बिष्णु प्रसाद पौडेल, प्रचार प्रसार उपसमितिको संयोजकमा शंकर शर्मा, अतिथि सत्कार उपसमिति संयोजकमा पुष्पराज बराल, सुरक्षा व्यवस्थापन तथा युवा परिचालन उपसमिति संयोजकमा एकनारायण अधिकारी, मञ्च तथा स्वागतद्वार व्यवस्थापन उपसमितिको संयोजकमा शिव देवकोटा, साँस्कृतिक तथा झाँकी व्यवस्थापन उपसमिति संयोजकमा रामसिंङ थारु, व्यानर प्रायोजन उपसमितिको संयोजकमा बद्री बराल र विद्युत खानेपानी तथा सरसफाई उपसमिति संयोजकमा हरिप्रसाद लामिछानेलाई जिम्मेवारी दिएका छांै । त्यस्तै मेरो संयोजकमा ५१ जनाको मुल समिति गठन गरेका छौं ।
६. मेला सञ्चालन अवधिमा आइपर्ने समस्या के –के हुन सक्छन र आइपर्ने समस्याहरुको व्यवस्थापनको लागि कस्तो व्यवस्था मिलाउनु भएको छ ?
ँ मेला सञ्चालनको अवधिमा शान्ति सुरक्षाको मुख्य चुनौतीको रुपमा देखिन सक्छ भनेर सम्पुर्ण सुरक्षा निकाय सँग प्रचार गरेका छौ र त्यसमा उहाँहरुले पनि सहयोग गर्ने प्रतिवद्धता जनाई सक्नु भएको छ । जिल्ला र स्थानीय निकायका सुरक्षा निकायसँग सहयोगको लागि समन्वय गरेका छां्रै । र हामीले युवाहरुको छुटै ग्रुप फोर्स पनि बनाएका छांै । प्राथमिक उपचारको लागि बाँसगढी नगरपालिकाका स्वास्थ्य संयोजक सुरेश कुमार रेग्मी सँग समन्वय गरेका छौं । आइपर्ने समस्याको लागि त्रिभुवन सामुदायिक पुस्तकालय ककौराकोे एम्बुलेन्सलाई मेला अवधिभर स्टेनबाइ राख्ने कुरा गरेका छांै ।
७. मेलामा कति स्टलहरु रहन्छन र बुकिङ कसरी भइरहेको छ ?
ँ मेलामा करिब २ सय ५० बढी स्टलहरु रहन्छन । त्यसमा विभिन्न ईलेक्ट्रोनिक्स, कृषि उत्पादन, जडीबुटी, चार पाँग्रे गाडी, ई –रिक्सा, बाल उद्यम, नौटंकी नाँच, हस्तकला लगायतका स्टलहरुले भरिभराउ हुने छ । मेलाको स्टल बुकिङमा स्थानीय व्यापारीहरुलाई भारी छुट गरेका छांै । किन भने हामीले स्थानीय व्यापारीहरुको उत्पादनका चिजहरुलाई प्रवद्र्धन गर्नको लागि उत्पादनका चिजहरुलाई बेच्नको लागि १५ देखि २० प्रतिशत छुट दिएर स्टलहरु बुकिङ गरिरहेका छौं । यो स्था्नीय व्यापारीहरुलाई लागु हुन्छ ।
८. महोत्सव अवलोकन गर्न आउनै पर्ने विशेषता के रहेको
छ नि ?
ँ हाम्रो महोत्सवमा यहाँका स्थानीय तहमा उत्पादन भएका हस्तकला, थारु हस्तकला, थारु नृत्य, थारु संस्कृति, मगर संस्कृति, गुरुङ संस्कृति लगायत विभिन्न संस्कृति झल्काउने छौं । त्यस्ता संस्कृतिहरुलाई आकर्षणको रुपमा बनाउने छौं । यहाँको मुख्य उत्पादन के हो त भन्ने चिनाउने छौ । र बर्दिया पर्यटकिय स्थलको राम्रो सम्भावना भएकाले बाँसगढीमा रहेको ऊँ केदारेश्वर धाम, बहैयाताल, सत्खलुवा सिमसार क्षेत्रको अवलोकन, दुर्लभ कृष्णसारको अवलोकन र राष्ट्रिय निकुञ्जमा पर्यटकहरुलाई हात्ती सवार गरी घुमाउने व्यवस्था समेत मिलाएका छौं । त्यस्तै मेला अवधिभरी राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकार र बाँके बर्दिया लगायतका जिल्लामा आफ्नो पहिचान बनाएको बागिना समुहका साथै स्थानीय कलाकारहरुबाट पनि भरपुर मनोरञ्जनको व्यवस्था मिलाएका छौं ।
९. मेला अवलोकनको लागि आम समुदायहरुलाई के भन्न चाहानु हुन्छ नि ?
ँ हाम्रो यो दोस्रो बाँसगढी महोत्सवमा सम्पुर्ण दर्शकहरुले एक पटक अबलोकन गर्नै पर्छ किन भने हाम्रो अनुमान करिब २ लाख दर्शकले अबलोकन गर्ने रहेको छ । पहिलाको ईतिहासले पनि
बताएको छ अहिले त्यो भन्दा पनि बढी हुन सक्छ । हामी सम्पुर्ण उद्योगी, व्यापारी, सम्पुर्ण सरकारी तथा गैरसरकारी संघ संस्थाहरु र सम्पुर्ण जनसमुदायहरुमा म बाँसगढी उद्योग बाणिज्य सँघको
तर्फबाट अनुरोध गर्न चाहान्छु कि एक पटक जुनसुकै हालतले पनि अबलोकन गर्नु हुने छ र यहाँका चिजहरुलाई अबलोकन गर्न म अनुरोध गर्न चाहान्छु ।

प्रकाशित मितिः सोमवार, माघ ८, २०७४     5:10:40 PM  |