नेपालगन्ज उप–महानगरको सरकारी तथा ऐलानी जग्गा खोजी गरी संरक्षण गरिने



नेपालगन्ज,६माघ/  नेपालगन्ज उप–महानगर क्षेत्र भित्र रहेका सार्वजनिक तथा एैलानी जमिनको खोजी गरी संरक्षण गरिने भएको छ ।

नेपालगन्ज उप–महानगरको अगुवाईमा शुक्रबार बसेको सर्वदलीय÷सर्वपक्षिय वैठकले नेपालगन्जका विभिन्न स्थानमा रहेको अतिक्रमित ऐलानी जग्गाको पहिचान गर्ने, खाली गर्ने र तारवारसहित संरक्षण गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ ।
उप–महानगरका प्रमुख डा धवल शमशेर राणाको अध्यक्षतामा प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, प्रमुख राजनीतिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिसहितको वैठकले ऐलानी जग्गा अतिक्रमण गरेर बसेकालाई हटाइ जग्गा खाली गराउने, घर नभएका एैलानी जग्गालाई तारवारले सुरक्षित राख्ने लगायतका निर्णय गरेको हो ।
नेपालगन्ज–२० मनिकापुरस्थित आदर्श उच्च माविको जग्गामा बस्दै आएकाहरुको तथ्यसहितको वास्तविकता पत्ता लगाउने तयारी गरिएको छ । साविकको नक्साअनुसार कति जमीन थियो ? हाल सो नक्सामा कति जग्गा रहेको छ ? सो को एकिन गरि जग्गामा बसेका व्यक्तिको संख्या के कती हो ? आगामी वैठकमा पेश गर्ने निर्णय गरिएको छ ।
यस्तै वडा न २३ हिरमिनीया स्थित ऐलानी, प्रति सरकारी जग्गामा अतिक्रमण गरि बसेका सबैलाई हटाउने निर्णय गरिएको छ । साथै नगरका अन्य क्षेत्रमा रहेका घर नभएका ऐलानी जग्गालाई नेपालगन्ज उप–महानगरपालिकाले तारवार गरि सुरक्षित राख्ने पनि निर्णय गरेको छ ।
सुर्खेतरोडमा रहेका डिभाइडरको विवरण तयार गरि साविकको ठाउँबाट अन्यत्र सुरक्षित राख्ने पनि निर्णय गरिएको छ ।
sadarline.com

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ६ गते शनिबार