प्रदेशसभाका समानुपातिक सासंद्लाई निर्वाचित भएको प्रमाणपत्र वितरण



काठमाण्डौँ, ५ माघ/  समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यलाई निर्वाचन आयोगले आज निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।

आयोगको परिसरमा सम्पन्न भएको कार्यक्रममा प्रमुख आयुत्त डा. अयोधी प्रसाद यादवले प्रमाण पत्र प्रदान गर्नुभएको हो । समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्यमा ४८ पुरुष र १ सय ७२ महिला गरी २ सय २० जना निर्वाचित भएका छन् ।

पाँच सय ५० सदस्यीय प्रदेशसभामा प्रत्यक्षबाट ३ सय ३० र समानुपातिक निर्वाचन प्रणालीबाट २ सय २० जना निर्वाचित हुने संविधानले व्यवस्था गरेको छ । प्रदेश नं १ बाट ३७, प्रदेश नं २ बाट ४३, प्रदेश नं ३ बाट ४४, प्रदेश नं ४ बाट २४ जना समानुपातिकतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

त्यस्तै प्रदेश नं ५ बाट ३५, प्रदेश नं ६ बाट २१ जना उम्मेदवार निर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सँगै प्रदेशसभा सदस्यको निर्वाचन गत मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ५ गते शुक्रबार