काठमाडौं,२ माघ/ त्रिभुवन विमानस्थलबाट अवैध रुपमा सुन भित्र्याउने मध्येका एक अभियुक्तलाइृ प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
अघिल्लो वर्षको पुस २१ गते दुबइबाट ३३ किलो ५ सय ७७ ग्राम अवैध सुन त्रिभुवन विमानस्थलबाट भित्र्याउने भारत राजस्थान गंगानगर स्थायी घर भएका ३२ वर्षीय राहुल गोयललाई प्रहरीले पक्राउ गरेको हो ।
उनी काठमाडौं गौरीधारा विशालबजार सालिमार ज्वेलर्सका सञ्चालक रहेको प्रहरीले जनाएको छ । यसअघि प्रहरीले सुनकाण्डमा १२ जनालाई पक्राउ गरिसकेको छ । सुन तस्करीका ३३ जनाको संलग्नता रहेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।
अरु तस्करीको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७४ माघ २ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्