वामपन्थी सरकार असमान सन्धी-सम्झौता खारेज गरेर अघि बढ्छः नेता खनाल



लमजुङ,१ माघ/  नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले अब बन्ने सरकारले असमान संन्धी सम्झौता खारेज गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

घले समाजले आज लमजुङमा आयोजना गरेको घले ल्होसारको अवसरमा उनले फागुन दोस्रो साता वामपन्थी सरकार बन्ने र त्यसले असमान सन्धी सम्झौता खारेज गरेर अघि बढ्ने जिकीर गरे ।

राजनीतिक परिवर्तनमा घले जातिको महत्वपूर्ण योगदान रहेको भन्दै उनले घले जातीलाई अन्य जाति सरह आदीवासी जनजातिको सूचीमा समावेश गराइने प्रतिवद्धता ब्यक्त गरे ।

घले ल्होसार मनाउन भेला भएका घलेहरुले जातीय संस्कृति प्रस्तुत गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १ गते सोमबार