कैलाली,२८ पुस/ प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशप्रमुख नियुक्तिका लागि सरकार प्रमुख राजनीतिक दलहरुबीच सहमति जुटाउने प्रयासमा लागेको बताएका छन् ।

शुक्रबार धनगढी विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले सहमति नभए सरकार आफैंले प्रदेशप्रमुख नियुक्त गर्ने बताए ।
प्रदेशको अस्थायी राजधानीका लागि पनि सहमतिको प्रयास भइरहेको भन्दै उनले प्रदेशप्रमुख र अस्थायी राजधानीबारे सरकारले सहमति गर्न खोजेपनि अरु दलहरु सहमतिमा नआएको दाबी गरे ।
प्रधानमन्त्री देउवाले राष्ट्रियसभाको निर्वाचन गराएपछि आफूले सरकार छाड्नेबारे सोच्ने पनि बताए ।
राष्ट्रियसभा सदस्य निर्वाचन आगामी माघ २५ गते हुँदैछ ।
प्रकाशित मिति : २०७४ पुस २८ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्