मलेसिया, २४ पुस/ मलेसियामा रक्सी चोरेको अभियोगमा एक नेपाली जेल परेका छन् । ४४ वर्षका विश्व सुवेदीलाई एक सुपरमार्केटबाट १३२ रिंगिट पर्ने दुई बोतल रक्सी चोरेको अभियोगमा मलेसियाको मजिष्ट्रेसट कोटले ३ महिनाको जेल सजाय सुनाएको स्थानीय अनलाइनले उल्लेख गरेको छ ।
क्वालालम्पुरस्थित सेतिवाङ्सामा रहेको एइयोन एयू २ सुपरमार्केटबाट ज्याकोब्स क्रिक सिराज रोज वाइनका दुई बोतल चोर्दा सुवेदी पुस ७ गते रंगेहात पक्राउ परेका थिए ।
दुई सन्तानका बुवा सुवेदी मलेसियामा ‘ओभर स्टे’ बसेकोमा समेत ३ महिनाको जेल सजाय पाएका छन् । पक्राउ परेको मितिदेखि नै गणना हुने गरी दुवै सजायको भुक्तान गर्न आदेश दिएको छ ।
पेनल कोडको सेक्सन ३८० अनुसार १० वर्षसम्मको जेल सजाएसम्म हुने भएपनि उनलाई ३ महिनाको मात्र सुनाइएको समाचारमा उल्लेख छ ।
प्रकाशित मिति : २०७४ पुस २४ गते सोमबार









प्रतिक्रिया दिनुहोस्