काठमाडौं,२४ पुस/ राष्ट्रपति विद्यादेवी भण्डारीले तराई क्षेत्रको शीतलहर र प्रकोपबाट उत्पन्न परिस्थितिको उचित र व्यवस्थित समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

तराई क्षेत्रलगायत देशभर बढेको चिसोले जनताको दैनिक जीवनयापनमा परेको कठिनाइप्रति ध्यानाकर्षण भएको जनाउँदै राष्ट्रपति भण्डारीले विगत वर्षमा पनि यस किसिमका प्राकृतिक घटनाक्रम हुने गरेकाले अब उचित र दिगो व्यवस्थापनका लागि पूर्वतयारी अपनाउन सरकारलाई आग्रह गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
‘शीतलहर एवम् महामारीका कारण विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, असहाय, गरीब र निमुखालाई बढी प्रभावित पारेको कुराले सिंगो देशलाई दुःखित र स्तब्ध तुल्याएको जनाउँदै विज्ञप्तिमा गैरसरकारी संस्था, नागरिक समाज, निजी क्षेत्र र सर्वसाधारणलाई सरकारसँग हातेमालो गरी पीडितको उद्धार एवम् राहतको उचित प्रबन्ध मिलाउन आह्वान गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्