काठमाडौं । काठमाडौंको पुरानो नैकाप मतदान केन्द्र नजिक बम विष्फोटन भएको छ ।पुरानो नैकाम विद्या मन्दिर तीनथाना संतुगल मतदान केन्द्रका १० मिटर पर वाँसको झ्याङ्गमा बम विष्फोट भएको हो ।विफोष्टबाट कुनै मानवीय र भौतिक क्षति नभएको त्यहाँबाट पत्रकार रघुनाथ बजगाँईले जानकारी दिए ।मतदातामा त्रास उत्पन्न गर्ने र प्रभावित गर्ने उद्देश्यले विष्फोटन गराईको प्रहरीले बताएको छ ।घटना स्थलमा नेपाली सेनासहितको टोली पुगीसकेको छ ।
पूर्वसभामुख सुभाषचन्द्र नेम्वाङले गरे मतदान, बाहिर आएर दिए यस्तो प्रतिक्रिया
काठमाडौँ । पूर्वसभामुख सुभाषचन्द्र नेम्वाङले मतदान गरेका छन् । नेम्वाङले बिहान इलाम नगरपालिका ७ स्थित वालमन्दिर आधारमूत विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्। मतदानपछि सञ्चारमर्कीसँग प्रतिक्रिया दिदै नेम्वाङले संविधान कार्यान्वयनका लागि यो निर्वाचन महत्वपूर्ण भएको भन्दै अब मुलुकले स्थायित्व पाउने आशा व्यक्त गरे। उनी इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार हुन्।









प्रतिक्रिया दिनुहोस्