बाजुरा कार्यकर्ताबीच ढुंगा हानाहान, प्रहरीद्वार हवाईफायर



बाजुरा, मंसिर १०/ बाजुराको बुढीनन्दा नगरपालिका ८ मा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबीच ढुङ्गा हानाहान भएको छ । बुढीनन्दाको पिसक्रेटर मतदान केन्द्रमा स्थिति तनावग्रस्त भएपछि सुरक्षाकर्मीले ३ राउण्ड हवाइफायर गरेको हो ।

स्थिति नियन्त्रणमा आएपछि अहिले मतदान सुरु भएको सुदूरपश्चिमका क्षेत्रीय उपप्रशासक शंकरबहादुर बिष्टले जानकारी दिनुभयो ।

यस्तै बाजुराकै बुढीगंगा नगरपालिका ब्रह्मतोला मतदान केन्द्रमा लाइन लगाउने विषयमा विवाद हुँदा रोकिएको मतदान अहिले सुरु भएको ७ नम्बर प्रदेश प्रमुख एआईजी माधव नेपालले जानकारी दिनुभयो ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर १० गते आइतबार