
काठमाडौं, ३ मंसिर/ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहाल गम्भीर बिरामी परेपछि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
उहाँलाई आज बिहानै अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । प्रकाश दाहालको स्वास्थ्य अवस्था चिन्ताजनक रहे पनि अस्पतालले आधिकारिक केही बताएको छैन ।
छोरा बिरामी परेपछि झापाको विर्तामोडमा रहनु भएका पुष्पकमल दाहाल हेलिकोप्टरबाट फर्कदै हुनुहुन्छ । आज मोरङको विराटचोकमा हुने कम्निष्ट गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छाडेर दाहाल काठमाडौं फर्कन लाग्नु भएको हो ।
प्रकाशित मिति : २०७४ मंसिर ३ गते आइतबार









प्रतिक्रिया दिनुहोस्