15 July 2024  |   सोमवार, असार ३२, २०८१

नेपालमा सर्वहारा वर्गको नेतृत्वमा क्रान्ति सम्भव : वैद्य

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक २१, २०७४  

काठमाडौं, २१ काात्तिक/ नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले नेपालमा सर्वहारा वर्गको नेतृत्वमा क्रान्ति आवश्यक तथा सम्भव दुवै रहेको बताएका छन् ।

अक्टोबर क्रान्तिको शतवार्षिकीका अवसरमा मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष वैद्यले माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा क्रान्तिको तयारीको दिशामा गम्भीरतापूर्वक तथा प्रभावकारीरुपमा अगाडि बढ्न आग्रह गरेका छन् ।

रुसमा लेनिनको नेतृत्वको पार्टीद्वारा १०० वर्षअघि १९१७ नोभेम्बर ७ (अक्टोबरमा क्रान्ति भएपनि पात्रो परिवर्तन भएको)अर्थात् आजकै दिन समाजवादी क्रान्ति सम्पन्न भएको थियो ।

विज्ञप्तिमा भनिएको छ–‘माक्र्सले पेरिस कम्युनका सन्दर्भमा भनेझैं अक्टोबर क्रान्तिका सिद्धान्त शाश्वत र अविनाशी छन्, जबसम्म विश्व सर्वहारा वर्ग र उत्पीडित मानव जातिको मुक्ति हुँदैन, तबसम्म अक्टोबर क्रान्तिका सिद्धान्त बारम्बार प्रकट भइरहने छन् ।’

साम्यवादको अहिलेको पराजय अस्थायी तथा क्षणिक भएको तथा साम्राज्यवाद गम्भीर संकटमा फसिरहेको जिकिर विज्ञप्तिमा गरिएको छ ।

अक्टोबर क्रान्तिको शतवार्षिकी समारोह मनाउनाको सार्थकता र वास्तविक मूल्य साम्राज्यवाद तथा विस्तारवादसहित सबै खाले प्रतिक्रियावाद र दक्षिणपन्थी संशोधनवादकाविरुद्ध लड्नुरहेकोमा नेता वैद्यले जोड दिएका छन् । रासस

प्रकाशित मितिः मङ्लबार, कार्तिक २१, २०७४     2:49:33 PM  |