नेपालमा चिनियाँ रेल विस्तारको मोडालिटीबारे छलफल गर्न चीनको उच्चस्तरीय टोली आउँदै



काठमाडौं, २० कात्तिक/  चिनियाँ रेल नेपालतर्फ विस्तारको मोडालिटीबारे छलफल गर्न उच्चस्तरीय चिनियाँ टोली सोमबार (आज) नेपाल आउँदैछ ।

चिनियाँ वरिष्ठ रेल–वे अधिकारी चेङ चियानको नेतृत्वमा २३ सदस्यीय टोली नेपाल आउने भएको हो । चेङ चीनमा रेल मामिला हेर्ने निकाय नेसनल रेल–वे एडमिनिस्ट्रेसनका उपप्रमुख हुन् ।

चिनियाँ टोली रसुवागढी, पोखरा र लुम्बिनी पुगेर रेल विस्तारको विषयमा अध्ययन गर्ने जनाइएको छ । Annapurna Post

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक २० गते सोमबार