काठमाडौं,१८ कात्तिक/ नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संयमित हुन कांग्रेसलाई आग्रह गरेका छन् । एमाले र माओवादीबीच चुनावी तालमेल भएपछि कांग्रेस बर्बराउन थालेको उनले बताए ।
शनिबार राजधानीमा गरेको साक्षात्कारमा नेता नेपालले भने, ‘अधिनायकवादतिर देश जान थाल्यो, सबै पुँजी राष्ट्रियकरण हुने भयो भन्ने कुप्रचारमा कांग्रेस लागेको छ । यसबाट कांग्रेस कतै प्रजापरिषद् हुन बेर छैन ।’
कांग्रेसको पतन हुन्छ कि हुँदैन भनेर एमालेले नभई कांग्रेस आफैंले गर्ने उनले बताए ।
एमाले र माओवादीले राम्रोसँग तालमेल गरेको तर, कांग्रेसले नसकेको भन्दै उनले भने, ‘उसको दिमागले काम गर्न छोडिसक्यो । यो विनाशको लक्षण हो । यही दिशामा अघि बढ्यो भने विकास हुनसक्छ ।’
उनले संयमित हुन र लोकतन्त्रको जग नछाड्न कांग्रेसलाई आग्रह समेत गरेका छन् ।
प्रकाशित मिति : २०७४ कात्तिक १८ गते शनिबार
प्रतिक्रिया दिनुहोस्