
काठमाडौ, १४ मंसिर/ पहिलो चरणमा निर्वाचन सम्पन्न भएका हिमाली र उच्च पहाडी ३२ जिल्लामा मतपेटिका संकलन सकिएलगत्तै दलहरु दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा आफ्नो पक्षमा भोट तान्न अन्तिम कसरतमा जुटेका छन् ।
यती बेला दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा चुनावी चहलपहल तीव्र बनेको छ ।दलका नेता, कार्यकर्ता तथा उम्मेदवार आक्रामक प्रचार र चुनावी सभामा सक्रिय रहेका छन् ।
दोस्रो चरणको निर्वाचनको लागि एक सातामा बाँकी रहँदा राजधानीसहित दोस्रो चरणमा निर्वाचन ४५ जिल्लामा मतदाता भेटघाट सँगै चुनावी अभियानलाई प्राथमिकता दिएका छन् ।
नेपाली कांग्रेस, कम्युनिस्ट गठवन्धन, राजपा लगाएतका दलहरु दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरुमा हुने सभा तथा घरदैलो कार्यक्रममा व्यस्त छन् ।
उम्मेदवारहरुलाई मतदाताको घरघरमा पु¥याउने रणनिति बनाएको कांग्रेसले चुनावी सभामा पार्टी सभापति लगाएतका शीर्ष नेताहरुलाई खटाएको छ । भने कम्युनिष्ठ गठवन्धनले एमाले अध्यक्ष केपी ओली लगाएत माओवादी केन्द्रका शीर्ष नेताहरु चुनावी सभामा व्यस्त छन् ।
दोस्रो चरण अन्तरगत प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभा सदस्यतर्फ २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ । दोस्रो चरणमा १ करोड २१ लाख ९८ हजार ८५२ मतदाताले मताधिकारको प्रयोग गर्ने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्