काठमाण्डाैं/ डेंगुको जोखिम नघटेकाले सतर्क रहन सरकारले सबैमा अपिल गरेको छ । संक्रमण घट्दो क्रममा भएपनि जोखिम अझै रहेको भन्दै सावधानी अपनाउन सरकारले अपिल गरेको हो ।
बिरामीको संख्या बढ्दै गएपनि मृतकको संख्या भने नबढेको सरकारी तथ्याङ्क छ । पछिल्लो ११ महिनामा २ हजार १ सय ११ जनामा डेंगुको संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । सोही अवधिमा हालसम्म तीन जनाको मृत्यु भइसकेको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि डेंगु परीक्षणका लागि दिनहुँजसो ३ । ४ बिरामी अस्पताल पुग्ने गरेका छन् ।
अस्पतालका रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले डेंगुको संक्रणण घट्दै गएपनि रोकिनसकेकाले सतर्क रहन आग्रह गर्नुभयो ।
घर वरिपरि पानीका स्रोत र खाल्डाखुल्डीमा पानी जम्न नदिए तथा सरसफाईमा ध्यान दिन सके डेंगुबाट बच्न सकिने डा. पुनको सुझाव छ ।
-Nepalbani
प्रकाशित मिति : २०७४ मंसिर १४ गते बिहीबार








प्रतिक्रिया दिनुहोस्