19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

एनआइसी एसिया बैंकको ‘स्विफ्ट कोड’ ह्याक गरी चोरिएको ४५ करोडमध्ये ७ करोड फिर्ता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक ८, २०७४  

काठमाडौं, ८ कात्तिक/  एनआइसी एसिया बैंकको ‘स्विफ्ट कोड’ ह्याक गरी स्थानान्तरण गरिएको ४५ करोड रुपैयाँमध्ये सात करोड रुपैयाँ फिर्ता भएको छ ।

बाँकी रकममध्ये ११ करोडबाहेक अरु रकम स्थानान्तरण हुनबाट जोगिएको राष्ट्र बैंकका अधिकारीहरुले जानकारी दिए ।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले एनआइसी एसिया बैंकको विभिन्न देशमा रहेको खाताबाट स्थानान्तरण गरिएको रकम फर्काउने क्रम जारी रहेको बताए ।

राष्ट्र बैंकका अनुसार ह्याकरहरुले ४५ करोड रुपैयाँ स्विफ्ट गर्न निर्देशन पठाए पनि ११ करोडभन्दा बढी रकम स्थानान्तरण नभइसकेकाले जोगिएको छ । ११ करोड रुपैयाँ भने स्थानान्तरण भई ह्याकरहरुले भुक्तानी लिइसकेको आशंका छ । भुक्तानी भइसकेको रकम फिर्ता हुनेमा शंका छ ।

एनआइसी बैंकले भने पुरानो सर्भर डाउन गरेका कारण कति रकम चोरियो भन्नेबारे अझै स्पष्ट आँकडा आउन नसकेको जानकारी दिएको छ । Imagekhabar

प्रकाशित मितिः बुधबार, कार्तिक ८, २०७४     10:38:47 AM  |