20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

कमल श्रेष्ठको ‘लजालु रुप…’ बजारमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, चैत्र २१, २०७३  

काठमाडौंः गायक कमल श्रेष्ठको आधुनिक गीत ‘लजालु रुप…’ बजारमा आएको छ । रमेश दाहालको शब्द रहेको गीतको कम्पोज डेनी निरौलाले गरेका छन भने एरेन्ज बिक्रम कार्कीको रहेको छ ।

निकै रोमान्टीक आधुनिक गीतमा लाल बहादुर र लीला गिरीको अभिनय रहेको छ । भिडियोको निर्देशन ह्यारी कट्टेलले गरेका छन् भने अभिषेक माझीले छायांकन गरेका छन् ।

पूर्वेली लोकलयलाई पछ्याउँदै आधुनिक धारमा तयार भएको उक्त गीतले विशेषगरी तन्नेरी पुस्ताको ध्यान तान्ने र सवैको मन जित्नेमा गायक आशावादी श्रेष्ठ बताउँछन् ।

गायक श्रेष्ठले थुप्रै प्रकारका गीत गाएका छन् । केही समयमा आफ्नो अर्को म्युजिक भिडियो आउने तयारीमा रहेका बताउँछन् ।

प्रकाशित मितिः सोमवार, चैत्र २१, २०७३     1:18:51 PM  |