बादी समुदायद्वारा घर निर्माणको माग



कोहलपुर, भदौ २
बाँकेका बादी समुदायले घर निर्माणको माग गरेका छन् । बाँकेमा छरिएर रहेका बादी समुदायका लागि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले घर निर्माण कार्य यथाशिघ्र बढाउनुपर्ने, विगतबाट बसोबास गरेको ऐलानी जमिनमा घर निर्माण गर्ने कार्य यथाशिघ्र लागू गर्नुपर्ने लगायतका माग राखेका छन् ।  सोही माग राख्दै जिल्ला बादी अधिकार संघर्ष समिति बाँकेले जिल्ला प्रशासन कार्यालय बाँके र शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, बाँकेमा ज्ञापन पत्र बुझाएको  छ । आफ्ना मागहरु १५ दिनभित्र सम्बोधन नभए सरकार विरुद्ध दबाब सिर्जना गर्ने चेतावनी समेत दिएका छन् । बादी अधिकार समिति बाँकेका अनुसार कोहलपुर ३ शक्तिनगरमा २४, कचनापुर अगैयामा ३९ घर, नौवस्ता ७ सुतैमा १५, चिसापानी १ मा ११, नौवस्ता २ पितमारीमा १२ र कोहलपुर १२ चप्परगौडीमा १२ घरधुरी बादी समुदायका रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७३ भदौ २ गते बिहीबार