27 February 2021  |   शनिबार, फाल्गुन १५, २०७७

विप्लवका विद्यार्थीले गरे विद्यालय बन्द

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन ३२, २०७३  

कोहलपुर, साउन ३२
निजी विद्यालयमा भएको शुल्क वृद्धि घटाउनुपर्ने लगायत मागसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) निकट अखिल (क्रान्तिकारी) ले गरेको आम शैक्षिक हडतालका कारण सोमबार बाँके सहित देशभरका शैक्षिक संघसंस्थाहरु बन्द भए । विद्यालय बन्दका कारण विद्यार्थीहरुको पढाइ प्रभावित बनेको छ ।
बन्दका कारण बाँकेका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द भएका छन् । सङ्गठनको आह्वानमा सामुदायिक र निजी विद्यालय, विश्वविद्यालय मातहतका अधिकांश क्याम्पसको पठनपाठन बन्द भएको हो । सो सङ्गठनले माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले वार्तामा आमन्त्रण गरेपनि शिक्षामन्त्री नियुक्त नभएका कारण निर्णायक वार्ता हुनसकेको छैन ।  सङ्गठनले निजी विद्यालयमा दिइने १० प्रतिशत छात्रवृत्ति बढाउनुपर्ने माग पनि राख्दै आएको छ । सङ्गठनका उपाध्यक्ष लालबहादुर तामाङले सरोकारवाला निकायसँग पटक÷पटक वार्तामा बसी सम्झौता गरे पनि कार्यान्वयन नहुँदा शैक्षिक संस्था नै बन्द गर्नुपर्ने अवस्था आएको बताए । विप्लव नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववीयू (क्रान्तिकारी) ले सोमबार र मंगलबार दुई दिने आम शैक्षिक हड्तालको घोषणा गरेको हो ।

प्रकाशित मितिः मङ्लबार, साउन ३२, २०७३     9:57:44 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *