कोहलपुर, २१ साउन
बाँकेको उढरापुर गाविसमा बिहीबार निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । उढरापुर गाविसको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा करिव ५ सय बढी सर्वसाधारणले स्वास्थ्य चेकजाँच गराएका
थिए । स्वास्थ्य शिविरमा गाईने, बालरोग, आँखा, स्त्रिरोग, मुटुरोग, छाला तथा विभिन्न रोग विशेषज्ञ डाक्टरहरुद्वारा स्वास्थ्य परिक्षण गरिएको थियो । भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिडेण्ट डाक्टर श्याम सुन्दर यादव, स्त्री रोग विशेषज्ञ डा.कल्पना थापा, डा.रञ्जना यादव, बालरोग विशेषज्ञ डा.कुलदिप गोहित लगायतका चिकित्सकहरुले सर्वसाधारणहरुलाई चेकजाँच गरेका थिए । आँखा उपचारमा १ सय ६० जनाले उपचार गराएका छन् जसमध्ये २२ जनाको आँखामा मोतिविन्दु देखिएको संलग्न डाक्टरको भनाई छ । उपचाररत सम्पुर्ण सर्वसाधारणलाई निःशुल्क औषधी तथा चेकजाँच गराएको गाविस सचिव कृष्ण बहादुर रोकायले बताए । यसभन्दा पहिले पनि उढरापुर गाविसमा निःशुल्क स्वास्थ्य शिविर संचालन भैसकेको छ । यस्तै बाँकेको उढरापुर गाविसमा जेष्ठ नागरिकहरुलाई मनोवैज्ञानिक विमर्श तथा परामर्श दिईएको छ । उढरापुर गाविसको आयोजना तथा कृषि पत्रकार समुह बाँकेको सहजिकरणमा जेष्ठ नागरिकहरुलाई मनोवैज्ञानिक विमर्श तथा परामर्श दिइएको हो ।
विमर्श तथा परामर्श गोष्ठी कार्यक्रममा उढरापुरका २८ जना जेष्ठ नागरिकको सहभागिता रहेको थियो । जेष्ठ नागरिकलाई मनोविमर्श परामर्शदाता जेके सिहले परामर्श दिएका थिए । यसैगरी उढरापुर गाविसमा गरिवी निवारण कोष अन्तरगतका सामुदायिक संस्थाहरुको क्षमता विकास एक दिने तालिम संचालन गरिएको
छ ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, साउन २१, २०७३