27 September 2021  |   सोमवार, अशोज ११, २०७८

प्रेस सेन्टरको जिल्ला सम्मेलनको तयारी त्रिप

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, साउन ९, २०७३  

कोहलपुर, साउन ९
प्रेस सेन्टर नेपाल बाँकेको एकता भेला तथा जिल्ला सम्मेलनको तयारी तीव्र पारिएको छ । शनिबार नेपालगञ्जमा बसेको क्रान्तिकारी पत्रकारहरुको एक भेलाले यही श्रावण २० गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो ।
बैठकले जिल्ला सम्मेलन तयारी तथा व्यवस्थापनका लागि प्रेस सेन्टर बाँकेका संयोजक प्रदिप वाग्लेको संयोजकत्वमा १५ सदस्यीय भेला आयोजक समिति समेत गठन गरेको छ । सम्मेलनका अवसरमा बिगत लामो समयदेखि संगठनमा क्रियाशिल रहि नेतृत्वदायी भुमिका निभाईरहेका अग्रज पत्रकारहरुलाई सम्मान गरिने संयोजक वाग्लेले जानकारी दिए ।

प्रकाशित मितिः आइतवार, साउन ९, २०७३     11:40:10 AM  |