25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

सजग रहन बाँके प्रशासनको आग्रह

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन ८, २०७३  

कोहलपुर, साउन ८
बाँकेको राप्ती नदिमा पानीको सतह बढ्दै गएपछि बाँके प्रशासनले सो आसपासका वासिन्दालाई सजग हुन आग्रह गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थको संयोजकत्वमा राप्ति नदीको अबलोकन गर्न गएको टोलीले राप्तीनदिमा पानीको बहाब बढ्न सक्ने संकेत गर्दै सुरक्षित स्थानमा बस्न र सहज हुन आग्रह गरेको हो । राप्ती नदिको कटानका कारण बाँकेको होलीया, टेपरी, फत्तेपुर गाउँ डुबानको जोखीममा परेका छन् । प्रमुख जिल्ला अधिकारी पन्थले डुबानको जोखिमबाट बचाउनका लागि जिल्ला दैबिप्रकोप उद्धार समितिलाई तयारी अवस्थामा राखिएको बताए । उनले तत्काल उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली तयारी अवस्थामा रहेको जानकारी दिए । राप्ती नदिमा हाल पानीको सतह ४ दशमलब ५१ मिटर पुगेको छ । राप्तीमा पानीको सतह ५ मिटर माथि पुगेमा खतराको संकेत मानिन्छ । ५ मिटरसम्म बाढि आएमा बाँकेको होलीया, फत्तेपुर गंगापुर, मटेहीया लगायतका गाविसहरु डुबानको जोखिममा पर्ने गर्दछन् ।

प्रकाशित मितिः शनिबार, साउन ८, २०७३     9:13:46 AM  |