19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

महिला प्रहरी जवानद्वारा आत्महत्याको प्रयास

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन ४, २०७३  

कोहलपुर, साउन ४
दङ्गा नियन्त्रण प्रहरी गण कोहलपुर (हाल नेपालगन्ज) मा कार्यरत एक महिला प्रहरी जवानले आत्महत्याको प्रयास गरेकी छन् ।
दङ्गा प्रहरी नियन्त्रण गणको मुलद्वारमा रहेको पोष्टमा ड्युटिमा रहेकी महिला प्रहरी जवान गिता केसीले झुण्डिएर आत्महत्याको प्रयास गरेकी हुन् । आत्महत्याको प्रयास गर्दागर्दै सहकर्मीहरुले देखेपछि उनलाई उपचारका लागि भेरी अञ्चल अस्पताल लगिएको थियो । भेरी अञ्चल अस्पतालले नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा रेफर गरे पछी मेडिकल कलेजले पनि आइतबार राति नै कोहलपुर स्थित मेडिकल कलेजमा रेफर गरेको थियो । अवस्थामा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको बाँके प्रहरीले जनाएको छ । मानसिक तनावका कारण आत्महत्याको प्रयास गरेको हुनसक्ने बताइएको छ ।

प्रकाशित मितिः मङ्लबार, साउन ४, २०७३     1:11:38 PM  |