सरकारले भुकम्पपीडितको क्षेत्रमा काम गरेनः देउवा



कोहलपुर, असार २
नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले सरकारले भूकम्प पीडितका क्षेत्रमा कामै नगरेको बताएका छन् । बुधबार नेपालगन्ज विमान स्थलमा हुँदै जुम्ला जाने क्रममा पत्रकारहरुसंग संक्षिप्त प्रतिक्रिया दिदै उनले सरकारले भूकम्प पछि गर्नुपर्ने पुनर्निर्माणको काम सहि ढङ्गगले नगरी केहि एनजिओलाई पैसा दिने कार्य मात्रै भैरहेको भन्ने भूकम्प पीडित जिल्लाका सभापतिहरुबाट आएको भन्दै यस विषयमा सरकारको ध्यानाकर्षण गराउने बताए । उनले भूकम्प पीडितलाई अघिल्लो सरकारले दिने भनेको २ लाख रुपैयाको कुरा पनि कार्यान्वयन नभएको
बताए ।

  • No tags available
प्रकाशित मिति : २०७३ असार २ गते बिहीबार