कोहलपुर, असार २
कोहलपुर प्रहरीले गोरु सहितको ट्रक पक्राउ गरेको छ । मंगलबार मध्यरातमा अवैध रुपमा गोरु लैजाँदै गरेको अवस्थामा महादेवपुरी ६ बाट सो ट्रक पक्राउ गरिएको कोहलपुर प्रहरी प्रमुख डिएसपी सुरेशप्रसाद काफ्लेले बताए । कैलालीको टिकापुरबाट झापाको दमकसम्म गोरु लैजाँदै गरेको ना ४ ख ७४३७ नम्बरको ट्रक प्रहरीले पक्राउ गरेको हो । प्रहरीले ट्रक सहित २० वटा गोरु र ५ जना व्यक्तिलाई नियन्त्रणमा लिएर बुधबार भन्सार कार्यालय नेपालगञ्ज पठाएको छ ।
प्रकाशित मिति : २०७३ असार २ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्