काठमाडौं–एमाओवादी अध्यक्ष प्रचण्ड बुधबार थाइल्याण्ड जाने भएका छन् । उनी थाइल्याण्डमा उपचाररत एमाओवादी सचिव वर्षमान पुनको स्वास्थस्थिति र थप उपचारबारे जानकारी लिन थाइल्याण्ड जान लागेको उनका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जानकारी दिए ।
प्रचण्डसँगै सभामुख ओनसरी घर्ती पनि थाइल्याण्ड जानेछिन् । ओनसरी अनन्तको पत्नी हुन् ।
जण्डिस रोगको उपचारका क्रममा सचिव पुन केही साता यता समितिवेज अस्पताल बैंककमा उपचाररत छन् ।
प्रकाशित मिति : २०७२ पुस २१ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्