26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

टेण्डर आह्वानबाट ८७ लाख राजश्व संकलन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, पुस २१, २०७२  

राम बहादुर रावत
कोहलपुर, पौष २१
राजश्व अनुसन्धान विभागको मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय कोहलपुरले २०७२ साउनमा आह्वान गरेको टेण्डरबाट ८७ लाख १८ हजार राजश्व संकलन भएको छ । अवैध सवारी साधानहरुलाई नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पुरा गरि लिलामी प्रक्रियाबाट सवारी साधानहरु टेन्डर आह्वान गरिएको हो ।
२०७१ साल असोजमा गरेको टेण्डर आह्वानबाट २१ लाख २१ हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ । आगामी दिनमा गरिने टेन्डरका सवारी साधान मध्ये एकगाडि, एक जीप र ५ वटा मोटरसाइकलको छानविन प्रक्रिया जारी रहेको र छानविन प्रक्रिया पुरा भए पछि टेण्डर आह्वान गरिने कार्यालयले जनाएको छ ।
मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय कोहलपुरले बरामद गरेका सवारी साधनको चेसीस र इन्जन नम्बर प्रष्ट भएमा मात्र टेण्डर आह्वान गर्ने गरेको छ । जेसीस र इन्जन नम्बर प्रष्ट नभएका सवारी साधानका पार्ट पुर्जाहरु मात्र झिकेर बेच्ने गरिएको छ ।
जेसीस र इन्जन नम्बर प्रष्ट नभएका सवारी साधान अहिले पनि कार्यालयमै थन्काएर राखिएको छ । थन्काएर राखिएका कतिपय सवारी साधानहरु धेरै पुराना भइसकेका छन् । त्यस्तै भारतबाट नेपाल भित्रिएका चोरीका सवारी साधानलाई बेवारिसे बनाएर कार्यालयमा बुझाउने र लिलाम मार्फत सोही सवारी साधन सस्तोमा सकारिने हुँदा कार्यालयको लिलाम प्रक्रियाबाट अवैध सवारी साधान बैधानिक हुने गरेका छन् ।
अवैध सवारी साधानको टेन्डर आह्वान गरि जम्मा भएको रकम कार्यालयकै खातामा रहने गरेको छ भने त्यहीँ रकमबाट सुराकी र अनुसन्धानकर्तालाई पुरष्कृत गरिरहेको कार्यालयले जनाएको
छ । बरामद गरेका अवैध सवारी साधानको मूल्याङकन गर्न कार्यालय प्रमुखको संयोजकत्वमा एक मुल्यांकन कमिटि गठन गरि बारमद गरेका सवारी साधानको अवस्था हेरी मूल्य निधारण गरिने राजश्व अनुसन्धान विभाग मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय कोहलपुरका नायव सुब्बा श्रवण माझिले बताएका
छन् । ‘बजारमा कुन सवारी साधानको मूल्य कति छ, त्यहि अनुसार मुल्याकङ्न समितिले उक्त सवारी सधानको मूल्य निधारण गर्छ’ उनले भने ।
त्यस्तै रावश्व अुनसन्धान विभागको कार्यालयले कर तथा गैरकर राजस्व चुहावट उपर अनुसन्धान गर्ने, विदेशीविनिमयको अवैध ओसारपसार तथा अपचलनको अनुसन्धान गर्ने, भन्सार जाँचपास भई आएका सामानहरु चेकजाँच गरी भन्सार महसुल तिरे÷नतिरेको वा कम तिरेको यकिन गरी आवश्यक कारवाही गर्ने, आन्तरिक वा बाह्य ओसार पसारलाई व्यवस्थित गर्न स्थलगत अनुगमन गर्ने, राजस्व चुहावट नियन्त्रण, अनुसन्धान तथा सो उपर कारवाही गर्ने जिम्मेवारी पाएको छ ।
मध्य तथा सुदूरपश्चिमका २४ वटा जिल्लाबाट अवैध सवारी साधान बरामद मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय कोहलपुरले गरिरहेको छ । राजश्व अनुसन्धान विभाग कार्यालय बाहेक नेपाल प्रहरी, ट्राफिक प्रहरीले अवैध सवारी साधानलाई नियन्त्रणमा लिने काम गरिरहेका छन्

प्रकाशित मितिः मङ्लबार, पुस २१, २०७२     11:18:19 AM  |