तरकारीको पकेट क्षेत्र बन्दै परसपुर



कोहलपुर, पौष २०
बाँकेको सदरमुकाम नेपालगन्जसंगै जोडिएको परसपुर क्षेत्र तरकारीको पटेक क्षेत्रको रुपमा विकसित हुन थालेको छ । परसपुरका किसानहरुले व्यवसायिक तरकारी खेतीलाई बढवा दिँदै सो क्षेत्रलाई तरकारी पटेक क्षेत्रका रुपमा स्थापित गर्दै लिन थालेका हुन् ।
उनीहरुले हरेक वर्ष काउली, बन्दागोभी, भाण्टा, मुला लगायतका तरकारीको व्यवसायिक खेती गर्दै आएका
छन् । व्यवसायिकरुपमा तरकारी खेती गर्दै आए पनि किसानहरुलाई सहुलियत दरको मल बिउबिजन तथा सिँचाईको राम्रो प्रबन्ध हुन नसकेको उनीहरुले गुनासो गरेका छन् । परसपुर ढोडेगाउँकी रुजा वागवान तालिम उन्नत जातको बिउबिजन तथा अन्य व्यवस्थापन सरकारले उपलब्ध गराउन सेकमा व्यवासायिक तरकारी खेतीलाई अझै बढवा दिन सकिने
बताउँछिन् । उनले उत्पादन गरेको तरकारी बिक्रीका लागि बजारीकरणको कुनै समस्या नरहेको बताइन् ।
बाँकेको परसपुरमै २० औं वर्षदेखि तरकारी खेती गर्दै आएका किसान हासिन वागवान पनि सरकारले आवश्यक तालिम र सहुलियत तथा अनुदानको व्यवस्था गर्न नसकेको गुनासो गर्छन । उनले शुरुमा ३÷४ कठ्ठाबाट तरकारी खेती शुरु गरे पनि हाल आएर ३ विगाह क्षेत्रफलमा काउली, बन्दा, चम्चुर पालक जातको तरकारी व्यवसायिकरुपमै गर्दै आएको र वार्षिक २ लाखसम्म आम्दानी हुने गरेको बताए ।
यहाँका किसानहरुले पहिले पहिले भारतबाट आयत हुने तरकारी उपभोग गर्ने गरे पनि आजभोली अधिकांश किसानहरु व्यवसायिक तरकारी खेती गर्न थालेकाले एकातिर आम्दानीको स्रोत र अर्कोतिर ताज तरकारी खान पाएकोमा खुशी छन् । कृषि सेवा केन्द्र परसपुरका प्राविधिक सहायक अमर आचार्य परसपुरलगायतका क्षेत्रमा २० हेक्टर जमिनमा किसानहरुले तरकारी खेती गर्दै आएको बताउँछन् । उनले १ कठ्ठामा किसानहरुले करीब १५ क्वीन्टलसम्म तरकारी फलाउने गरेको बताए ।
राधापुर, सीतापुर, बेलभार, बागेश्वरीका किसानहरुले पनि टमाटर, काउली, बन्दालगायत अन्य सिजन अनुसारका तरकारी उत्पादन गर्दै आएका छन् । विस्तारै नेपालगन्ज पश्चिमका क्षेत्रहरु तरकारी पकेट क्षेत्रका रुपमा चिनिदैछन् ।

  • No tags available
प्रकाशित मिति : २०७२ पुस २० गते सोमबार