विप्लवका युवाको बाँकेमा मार्चपास



केशव राना÷बाँके
कोहलपुर, पौष २०
विप्लव नेतृत्वको नेकपा माओवादी सम्वद्ध युवा संगठन राष्ट्रिय युवा जनस्वयम् सेवक नेपालले सोमबार (२० पुष) कोहलपुरमा मार्चपास गरेको छ । भारतीय हस्तक्षेप र राष्ट्रिय स्वाधिनताका बारेमा जनतालाई जागरुक बनाउने उद्देश्यले शुरु भएको मेची महाकाली अभियान अन्तरगत आज कोहलपुरमा मार्चपास गरिएको हो । IMG_0149
मार्चपास पछि भएको कोणसभामा केन्द्रीय उपाध्यक्ष पुनित बिकले विप्लव माओवादीको लडाई राष्ट्रघाती दलालसँग हुने बताएका छन् । ‘कुनै दल, सुरक्षाकर्मी कसैसँग हाम्रो लडाई हुँदैन’ उनले भने ‘हाम्रो लडाई देशलाई डुबाउने राष्ट्रघाती दलालसँग हुन्छ, हामी उनीहरुलाई कारबाही गर्छौ ।’ यस्तै उनले मधेशी नेताहरु भारतीय दलाल भएको बताएका छन् । मधेशी नेताकै कारण मधेशी जनताहरु उत्पीडनमा परेको बताए । IMG_0143
कोणसभामा नेकपा माओवादीको पोलिट्ब्युरो सदस्य तथा भेरी कर्णाली व्युरो इन्चार्ज भरत बम ‘रणबिर’ ले भारतको हस्तक्षेप विरुद्ध सबै नेपाली जागरुक हुनुपर्ने उल्लेख गरे । उनले भ्रष्ट दलाल नेताहरुका कारण भारतले हस्तक्षेप गर्ने आँट गरेको बताउँदै उनले अब भारतको हस्तक्षेप विरुद्ध सबै जुट्नुपर्ने बताएका हुन् । IMG_0145
यसअघि बाँकेको कुसुम, बैजापुर, बिनौना, कम्दी र नेपालगञ्जमा पनि मार्चपास सम्पन्न गरेको बाँके जिल्ला जनसरकार प्रमुख सन्तोष बस्नेतले बताए ।
जनअदालतमा ४ मु्द्दा विप्लव नेतृत्वको नेकपा माओवादीले स्थापना गरेको जनअदालतमा ४ वटा मुद्दा परेका छन् । भू–माफियाले जग्गा हडपेको सम्बन्धी ४ वटा मुद्दा परेको नेकपा माओवादी बाँकेले जनाएको छ । सो मुद्दाहरुको छानबिन जनसरकारले गरिरहेको समेत बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७२ पुस २० गते सोमबार