छेठौं बार्षिक उत्सव सम्मान तथा सांस्कृतिक कार्यक्रम



 

शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लि.को भोली दिन सोमबार मिती २०७२ पौष २० गते आफनो छेठौं बार्षिक उत्सव, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । संस्थाले यस अघि पनि हरेक बर्ष आफनो बार्षिक उत्सव कार्यक्रम गर्दै आएको छ । बार्षिकोत्सवको अवसरमा संस्थाले उत्कृष्ट जम्माकर्ता र उत्कृष्ट ऋणी लगाएतका प्रतिधिहरुलाई सम्मान समेत गर्ने जानकारी बिज्ञप्तीमा उल्लेख गरेको छ । बागेश्वारी गाबिस २ खजुरा बजार स्थित कार्यालयको प्राँगडमा कार्यक्रम गरिने आयोजक शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लि.ले जनाएको छ । शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लि.ले आफना शेयर सदस्यहरुका लागि बिभिन्न रेमिटान्स सेवा, बचत तथा ऋण, बिभिन्न किस्ता बन्दि ईलेक्ट्रोनिक समान मोबाईल टि.भी.फ्रीज लगाएतका सेवाहरु प्रदान गर्दै आएको छ । शुभारम्भ बचत तथा ऋण सहकारी संस्थाले आउने दिनहरुमा आफना शेयर सदस्यहरुका लागि नयाँ थप कार्यक्रम संचालन गर्ने समेत योजना बनाएको छ । संस्था मिती २०६७ साल पौष २० गते दर्ता भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७२ पुस १९ गते आइतबार