काठमाडौं, पुस १९ – उच्च माध्यमिक शिक्षा परिषद्ले आउँदो शनिबारसम्ममा कक्षा ११ को परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको छ ।
बढ्दो लोडसेडिङ र इन्धन अभावका कारण परीक्षाफल सार्वजनिक गर्न ढिलाइ भएको परिषद्का सदस्य सचिव नारायणप्रसाद कोइरालाले बताउनुभयो । उहाँका अनुसार इन्धन अभावका कारण डाटा इन्ट्रिमा समस्या भएकाले ढिलाइ भएको हो ।
अहिले दैनिक १६ घण्टा काम गरिरहेकाले आउँदो शनिबारसम्ममा परीक्षाफल सार्वजनिक हुने उहाँको भनाई छ । जेठ २० गतेदेखि भएको परीक्षामा झण्डै ५ लाख विद्यार्थी परीक्षामा सहभागी थिए ।
प्रकाशित मिति : २०७२ पुस १९ गते आइतबार
प्रतिक्रिया दिनुहोस्