दाङ, पुस १९ गते। नेपाली काँग्रेसका सङ्गठन विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गानाले पार्र्टीभित्र रहेको ६०–४० को भागबन्डालाई हटाउन विधान संशोधन हुन थालेको बताउनुभएको छ ।
लमहीमा प्रेस युनियन राप्तीले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी विधायन समितिका संयोजक ढुङ्गानाले सभापतीय अधिकार कमजोर हुँदा गुटउपगुट झाँगिएको बताउँदै पार्टी सभापतिलाई बलियो बनाउने गरी १३ आँैं महाधिवेशनबाट विधान संशोधन गरिन थालेको बताउनुभयो ।
पार्टीभित्र क्रियाशील सदस्यताको विवाद रहेको र त्यो एक दुई दिनभित्र समाधान हुने उहाँले जिकिर गर्नुभयो । रासस
प्रकाशित मिति : २०७२ पुस १९ गते आइतबार
प्रतिक्रिया दिनुहोस्