मोर्चासँगको निर्णायक वार्ता आज, तयारीमा तीन दल



barta

काठमाडौ, पुस १९ । आन्दोलनरत सयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँगको वार्ता निश्कर्षमा पुर्याउनको लागि कांग्रेस, एमाले एमाओवादीबीच आज वार्ता हुन लागेको छ । आज दिउसो साढे ४ वजे तीन दलबीच वार्ता हुन लागेको छ ।

शनिबार एमाओवादी अध्यक्ष प्रचण्डले मधेसी मोर्चासँग आइतबार निर्णायक वार्ता हुने बताएपछि मोर्चासँग गर्ने वार्तामा एजेण्डा तय गर्न तीन दलको वार्ता हुन लागेको हो ।

राजधानी बाहिर रहेका कांग्रेसका नेताहरु पनि काठमाडौं आउँदै गरेको बताइएको छ । एमालेका नेताहरु पनि दिउँसो बस्ने तीन दलको बैठकका लागि जुटिरहेका छन् । एमाओवादी अध्यक्ष प्रचण्ड पनि राजधानी फर्कने तयारीमा रहेका छन् ।

चार महिना भन्दा लामो समयदेखि आन्दोलनरत मधेसी मोर्चाको मागका विषयमा आज साझा धारणा बनाएर अघि वढ्न तीन दलको बैठक हुन लागेको हो । तीन दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने बताइएको छ ।

यस्तै साँझ साढे पाँच वजे मधेसी मोर्चासँग निर्णयक वार्ता हुने भएको छ । मोर्चासँगको निर्णयक वार्ताका लागि कांग्रेस, एमाले र एमाओवादीले साझा धारणा बनाउन अपरान्ह साढे चार वजे तीन दलको बैठक बस्ने भएका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७२ पुस १९ गते आइतबार