भुकम्पपीडितको संवेदनशिलता सरकारले बुझेनः सिटौला



कोहलपुर, पौष १७
नेपाली काँग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौलाले भूकम्पबाट पीडित भएकाहरुको समस्यालाई प्राथमिकतामा राखेर सरकारले छिटो भन्दा छिटो काम गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले बिहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भूकम्पबाट प्रभावित भएकाहरुको अवस्था अत्यन्तै दयनिय भएको भन्दै त्यो संवेदनशीलतालाई अहिलेको सरकारले बुझ्न नसकेको आरोप लगाए ।
भएको पाल चुहिएर भूकम्प पीडितहरु कठ्याङ्ग्रीएर मर्ने अवस्थामा भए पनि त्यस तर्फ सरकारको ध्यान नगएको बताउँदै उनले सरकारलाई संवेदनशीलताका साथ भूकम्प पीडितहरुलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका
हुन् । वर्तमान सरकारले देशमा भैरहेको गतिरोध अन्त्य गर्न नसकिरहेको भन्दै उहाँले अहिलेको सरकारको काम कारबाहि आफूलाई चित्त नबुझेको जिकिर समेत गरे । भूकम्पबाट क्षति भएको संरचनाको पून निर्माण तत्काल गर्नुपर्ने भन्दै उनले सरकारले ल्याएको प्राधिकरण सम्बन्धी विधेयक आफूहरुले अनुमोदन गरेको उल्लेख गरे । पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस महामन्त्री सिटौलाले नेपाली काँग्रेसको १३ औं महाधिवेसनले देशको कार्यदिशा तय गर्ने दाबी गरेका छन् । माघ १५ गते देखि २५ गते सम्म क्षेत्र ,जिल्लाको अधिवेसन सकि पश्चात १३ औ महाधिवेशनले देशको गतिरोध अत्य र कार्यदिशा तय गर्ने नयाँ रोडम्याप जारी गर्ने दाबी समेत गरे । ्
उनले मद्देसमा जारी आन्दोलनलाई समाधान गर्न काँग्रेसले पहल जारी राखेको भन्दै मुख्य तिन विषय प्राधिकरण, नागरिकता र सिमांकनमा समझदारी हुने हो भने अहिलेको गतिरोध अन्त्य हुने जिकिर गरे । दशजगामा बसेर आन्दोलन गर्नु कुनै दल, कुनै पार्टीको विरुद्ध नभै सिंगो देशको विरुद्ध भएको भन्दै तत्काल यस्तो कार्य रोक्न आन्दोलनरत पक्षलाई आग्रह समेत गरे ।
यसैबीच महामन्त्री सिटौलाले राष्ट्रिय एकता दिवसको अहिलेको माग दलहरु बीचको एकता रहेको बताएका छन् । नेपाली काँग्रेस बाँकेले बिहीबार नेपालगन्जमा आयोजना गरेको ४० औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस र वर्तमान राजनितिक संक्रमण विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राजनितिक दलहरुको राष्ट्रिय एकता नै अहिलेको राष्ट्रिय एकता र मेलमिलाप हुने बताएका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७२ पुस १७ गते शुक्रबार