आज पुस १४, ७०औं जन्मदिनमा पूर्व राजा वीरेन्द्रको संझना



king birendra

काठमाडौं, पुस १४ । आज सबैभन्दा प्रिय मानिएका पूर्व राजा वीरेन्द्रको ७० औं जन्मदिन । २०५८ सालमा भएको नारायणहिटी दरवार हत्याकाण्डमा मारिएका शाहको उनका शुभचिन्तकहरुले आज जन्मदिन मनाउँदैछन् ।

वीरेन्द्र वीर विक्रम शाह नेपालका दशौं शाहवंशीय राजा थिए। वीरेन्द्रको जन्म २००२ साल पुष १४ गते भएको थियो भने, विवाह २०२२ सालमा ऐश्वर्य शाहका साथ भएको थियो। २०५८ साल जेठ १९ गते शुक्रवार नारायणहिटी दरवारभित्र उनको हत्या भएको थियो । जसलाई नारायणहिटी दरवार हत्याकाण्डको रूपमा चिनिन्छ।

वीरेन्द्रका तीन सन्तान युवराज दिपेन्द्र शाह, अधिराजकुमारी श्रुती शाह तथा अधिराजकुमार निराजन शाह थिए।

राजा बीरेन्द्रकै समयमा २०३७ सालमा जनमत संग्रह र जनआन्दोलन २०४६ बाट नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएको थियो। पहिलो पटक २०३६ सालमा पञ्चायत वा बहुदल के रोज्ने भनेर जनतालाई व्यवस्था रोज्न जनमत संग्रहको घोषणा उनैले गरेका थिए।

नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेर शान्तिवादी राजाको छवी बनाएका उनको हत्याको रहस्य अहिलेपनि गर्भमै छ ।

  • No tags available
प्रकाशित मिति : २०७२ पुस १४ गते मंगलबार