कोहलपुर, पौष १४
भारतको नयाँ दिल्लीमा हुन गइरहेको आसन्न साफ खेलकुद प्रतियोगिताका लागि मध्यपश्चिम क्षेत्र स्तरीय तेक्वान्दो खेलाडीहरु सोमबार छनौट गरिएको छ । नेपाल तेक्वान्दो संघ क्षेत्रीय कार्यसमितिको आयोजनामा कोहलपुरमा भएको छनौट प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने छन् ।
पुरुष तर्फ ५४ केजीमा अरुण बस्नेत (बर्दिया), ५८ केजीमा मनमोहन भट्टराई (सुर्खेत), ६३ केजीमा बरुण शाह (सल्यान) , ६८ केजीमा केशव बुढाथोकी
(बाँके), ७४ केजीमा विरेन्द्र गिरी (सुर्खेत), ८० केजीमा जय प्रकाश (बर्दिया), पुरुष ८७ केजीमा पारस शाह (सल्यान) र ८७ केजी माथि विर बहादुर सारु (सुर्खेत) छनौट भएका छन् ।
त्यस्तै महिलातर्फ ४६ केजीमा प्रतिज्ञा थापा (सुर्खेत), ४९ केजीमा मनिषा मल्ल (बाँके), ५३ केजीमा माया चौधरी
(बर्दिया), ५७ केजीमा कविता हमाल (सुर्खेत), ६२ केजीमा प्रतिमा चन्द (दैलेख) र ७२ केजीमा संगीता चौधरी (बाँके) छनौट भएका छन् । प्रतियोगितामा मध्यपश्चिमका सबै जिल्लाका खेलडीहरुले प्रतिस्पर्धा गरेका
थिए ।
छनौट प्रतियोगितामा उत्कृष्ट पुरुषतर्फ अरुण बस्नेत (बर्दिया) र महिलातर्फ प्रतिज्ञा थापा
(सुर्खेत)लाई पूर्व पश्चिम यातायात व्यवसायी संघ कोहलपुरका सचिव गौरव रावलले पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि बाँके जिल्ला खेलकुद विकास समिति अध्यक्ष दिपक जिएमले छनौट भएका खेलाडीहरुलाई बधाई तथा शुभकामना दिए ।
भेरी अञ्चल तेक्वान्दोका मुख्य प्रशिक्षक श्रीमान् थापाको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन बाँकेका साहायक तेक्वान्दो प्रशिक्षक नेत्र ब. थापाले गरेका थिए ।
प्रकाशित मिति : २०७२ पुस १४ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्