18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

लाजिम्पाटबाटै ठेक्का, बुख्याचा बनाइयो गृहमन्त्री

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, पुस १४, २०७२  

Lajimpat Prachandकाठमाडौं, १४ पुस । एमाओवादी अध्यक्ष प्रचण्डको इशारामा काम गर्नकै लागि गृहमन्त्रीमा शक्तिबहादुर बस्नेतलाई ल्याइएको चर्चा नियुक्तिकै क्रममा हुने गरेको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका झिनामसिना काममा पनि प्रचण्ड निवासबाटै साझै आदेश दिने गरिएको छ । नेपाल प्रहरीमा सामान सप्लाई गर्ने ठेकेदारहरुले पनि गृहमन्त्रीलाई नभनी सोझै प्रचण्डका निकटस्थहरुलाई लगाउने गरेका छन् ।

नेपाल प्रहरीको लागि सात हजार थान ब्याग आपूर्तिको ठेक्का पाएका आयुषा ब्याग उद्योगको सञ्चालकहरुले प्रचण्डका भतिजा समीर दाहाल प्रयोग गरेका छन् । गत आर्थिक वर्षको असार अन्तिमसम्म ब्याग सप्लाई गर्नुपर्ने थियो । तर आयुषाले ब्याग सप्लाई गर्न सकेन । आयुषाले नमूनाअनुसारको सामान आपूर्ति गर्न नसकेपछि प्रहरीले फर्काएपछि उसले समयमा आपूर्ति गर्न सकेन ।

आर्थिक वर्ष सकिएको ६ महिना बितिसक्दा पनि ब्याग सप्लाई गर्न नसकेपछि नेपाल प्रहरीले जरिवाना तिराएर म्याद थप गर्नुपथ्र्यो तर आयुषालाई जरिवाना नै नतिरी म्यादथप गरिदिएको छ समीर दाहालको दबावमा । दाहालको दबाबमा प्रहरीको प्रशासन विभाग र प्रबन्धका हाकिमले आयुषाका सञ्चालनबाट घुस खाँदै म्याद थप्दै आएका छन् । समयमा सामान नदिएपछि म्यादथप गर्दा नियमानुसार जरिवाना तिराउनुपर्नेमा तिराइएको छैन । दृष्टि साप्ताहिकमा खबर छ ।

प्रकाशित मितिः मङ्लबार, पुस १४, २०७२     10:07:46 AM  |