एसपी यादव/सर्लाही, १४ पुस । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेका नेता रामनरेश यादवको सर्लाहीको हेमपुरमा हत्या गरिएको छ ।
‘मर्निङ वाक’मा निस्किएका यादवको हेमपुर-८ रनियामा यादवलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
एमाले सर्लाहीका अध्यक्ष रेवती पन्तका अनुसार यादव बिहान ५ बजे नै मर्निङ वाकका लागि निस्किएका थिए ।
सर्लाहीका प्रहरी उपरीक्षक केदार ढकालका अनुसार मर्निङ वाकमा निस्किएका यादवलाई सुनसान ठाउँमा बिहानै धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो । घटनास्थलमा प्रहरी पुगेको छ । हत्या किन र कसले गरेको हो खुल्न नसकेको ढकालले जानकारी दिए ।
प्रकाशित मिति : २०७२ पुस १४ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्