गोरखाले मनायो वार्षिक खेलकुद तथा अभिभावक दिवस



 

कोहलपुर, पौष ११
कोहलपुरस्थित गोरखा युनाईटेड उच्च माविले वार्षिक खेलकुद तथा अभिभावक दिवस २०७२ सम्पन्न गरेको छ । कार्यक्रममा विद्यार्थीहरुले सिर्जनात्मक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा अभिभावकहरुबीच फुटबल, भलिबल लगायतका रमाइला खेलहरु, एसएलसी तथा +२ मा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलार्ई सम्मान, मार्चपास, सांस्कृति भेषभुषा प्रदर्शनी प्रस्तुत गरिएको थियो । IMG_0100
त्यस्तै साना बालबालिकाहरुको मनोरञ्जनात्मक प्रस्तुती, विविध सांस्कृतिक नृत्य तथा नाटक प्रस्तुती, बिजेता टिमहरुलाई आकर्षक पुरस्कार वितरण लगायतका कार्यक्रम गरिएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालयका बारेमा आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए । कोहलपुर नगरपालिकाका कार्यकारी अधिकृत गोविन्दप्रसाद पाण्डेको प्रमुख आतिथ्यतमा भएको
कार्यक्रममा उच्च माध्यामिक शिक्षा परिषद् कोहलपुर प्रमुख राजेन्द्र अधिकारी, सशस्त्र प्रहरी बल त्रिपुरा गणका गणपति राजु अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम विद्यालयका संस्थापक निर्देशक केशरबहादुर आलेको सभापतित्वमा भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७२ पुस ११ गते शनिबार