बेन्च नहँुदा विद्यार्थी भुइँमै बस्न बाध्य



बैतडी, ८ पुस । जाडो मौसममा समेत बस्नलाई बेन्च नहँुदा जिल्लाको तल्लोस्वराडका एक विद्यालयका विद्यार्थी भुइँमै बसेर पढ्न बाध्य छन् ।

शर्माली गाविसमा रहेको नागार्जुन उच्चमाध्यमिक विद्यालयमा विद्यार्थीका लागि बेन्च नहुँदा भुइँमै बस्न बाध्य भएको स्थानीयवासी खकेन्द्र महताले बताउनुभयो । उहाँले भन्नुभयो, “यस्तो पुसको चिसोमा पनि विद्यार्थी भुइँमै बस्न बाध्य छन् ।”
धेरै पहिलेदेखि नै विद्यार्थीले पटकपटक बस्नलाई बेन्च व्यवस्था गर्नुपर्ने माग गरेको भए पनि व्यवस्थापन समिति तथा विद्यालय प्रशासनले कुनै पहल नगरेको समेत उहाँले बताउनुभयो । एक महिनाअघि बेन्चकै लागि भनेर फर्निचर ल्याएको भए पनि अहिलेसम्म बेन्चको व्यवस्थामा चासो नदेखाएको बताइएको छ । रासस

  • No tags available
प्रकाशित मिति : २०७२ पुस ८ गते बुधबार