बिजेता पेन्टरहरुलाई पुरस्कार वितरण



कोहलपुर, पौष ७
कोहलपुर क्षेत्रमा सर्वाधिक जस्मिन पेन्टस् प्रयोग गरि बिजेता बन्न सफल भएका पेन्टरहरुलाई पुरस्कार वितरण गरेको छ ।
कोहलपुर रहेको सिटी प्लाजा होटलमा सोमबार एक कार्यक्रमको आयोजना गरी पेन्टर भेटघाट तथा दोस्रो उपहार योजना अन्तर्गत बिजेता पेन्टरहरुलाई पुरस्कार वितरण गरेको हो । जस्मिन पेन्टस् कम्पनी द्वारा उत्पादित रंगहरुका बाल्टिनमा राखिएका कुपनको आधारमा पेन्टरहरुलाई कम्पनीले निर्धारण गरेको पुरस्कार वितरण गरिएकोे हो ।
जस्मिन पेन्टस्का आधिकारिक विक्रेता तथा डिलरहरुमार्फत हरेक पेन्टरलाई कार्ड वितरण गरिएको थियो ।
जस्मिन पेन्टस्का मध्य तथा सुदुर पश्चिम बजार इन्चार्ज पुष्पराज घिमिरेका अनुसार सर्वाधिक मोटरसाइकल सम्मका उपहार योजना सहितको पेन्टरहरुका लागि विशेष उपहार योजना कम्पनीले लागु गरेको
छ । ५० हजार प्वाइन्ट प्रयोग गर्ने पेन्टरलाई ग्याँस चुलोको पुरस्कार दिने व्यवस्था गरिएको छ भने १ लाख २० हजार पोइन्ट प्रयोग गर्नेलाई स्मार्ट फोन, २ लाख पोइन्ट जस्मिन पेन्टस् प्रयोग गर्नेलाई कलर टि.भी.को व्यवस्था गरिएको घिमिरेले बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै जस्मिन पेन्टस्का आधिकारिक डिलर तथा फोर स्टार सप्लायर्सका सञ्चालक लक्ष्मण राज पौडेलले पेन्टरहरु बिच रचनात्मक प्रतिस्पर्धा हुने पर्ने बताए । त्यस्तै कार्यक्रममा यस क्षेत्रमा रहेका जस्मिनका आधिकारिक डिलहरुमार्फत कार्ड पाएका अधिकांश पेन्टरहरु क्यामेरा, साइकल, स्मार्ट फोन, पंखा, इमरजेन्सी लाइट, राइस कुकर पुरस्कृत गरिएको छ कार्यक्रममा उपस्थित कोहलपुर उद्योग व्यापार संघका उपाध्यक्ष चक्र बहादुर अधिकारीले नेपाली उत्पादन पनि अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय कलर कम्पनीबाट उत्पादित रंगहरुभन्दा कम छैन भन्ने उदाहरण जस्मिन पेन्टस्ले दिएको बताए ।
साथै कार्यक्रममा यस क्षेत्रका पेन्टरहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७२ पुस ७ गते मंगलबार