19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

मदिरा सेवन गरी महिला माथि दुव्र्यवहार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, पुस ६, २०७२  

जाजरकोट दशेरा ९ का मान बहादुर रावतले मदिरा सेवन गरी दशेरा ९ कै देविसरा खड्का (रावत) माथि दुव्यवहार गरेका छन् । सामान्य पैसाको लेनदेनको विषय लिएर आइतरबार राति करिब १० बजे तिर घरमा कोहि नभएको बेला देविसरा खड्का (रावत) माथि आक्रम्रणको प्रयास गरेका पीडित खड्काले बताइन् । गालि, गैलोज, भौतिक आक्रमण समेत गर्न खोजेको भन्दै सामेबार इलाका प्रहरी कार्यालल दशेरा ८ वडाबनमा उजुरी दिएकी छिन् । घटनाको अनुसान्धान गरि दोषिलाई कानुन अनुसारको कारवाहि हुने इलाका प्रहरी कार्यालय बडावनले जनाएको छ । महिलामा माथि गरिने यस्ता गतिविधि गर्नेलाई कडा भन्दा कडा बारवाही हुनु पर्ने स्थानियले बताएका छन् ।

प्रकाशित मितिः सोमवार, पुस ६, २०७२     2:59:51 PM  |