राम बहादुर रावत
कोहलपुर, पौष ६
कोहलपुर ९ पिपरीका ३५ वर्षिय टिकाराम सुवेदीका दुवै किड्नीले काम नगरे पछि आर्थिक अभावका कारण उपचारमा समस्या परेको छ ।
वैदेशिक रोजगारीका लागि मलेसियामा तिन वर्ष बिताएका सुवेदी नेपाल आउँदा बिरामी भएर आएको उनीकी श्रीमती गीता सुवेदीले बताईन् । ‘नेपाल र भारतका विभिन्न अस्पतालहरुमा उपचार गराउँदा पनि सन्चो हुन सकेको छैन्, भएको सबै सम्पत्ति उपचारमा सकियो, अब कसरी श्रीमानको ज्यान बचाउने हो’, उनकी श्रीमती गीता सुवेदीले बताइन् ।
श्रीमतीका अुनसार दुवै किड्नीले काम गर्न छाड्ेको कुरा थाहा पाए पछि काठमाण्डौं टिचिङ्ग हस्पिटलमा भर्ना गरिएको, त्यहाँ साँचो नभए पछि भारतको लखनऊमा उपचारका लागि लगिएको तर आर्थिक अभावका कारण लखनऊमा उपचार गर्न नसके पछि हाल नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ । ‘विभिन्न मेडिकल रिर्पोटका अनुसार उहाँको किड्नी ट्रान्सफर गर्नु पर्ने डाक्टरहरुले बताएका छन्’, उनीले बताइन् । किड्नी ट्रान्सफर गर्न मिल्छ भने आफ्नो किड्नी ट्रान्सफर गर्न तयार रहेको उनीकी श्रीमती सुवेदी बताउँछिन् ।
उपचारमा सात लाख खर्च हुँदा सम्म पनि श्रीमानको अवस्था सुधार नभए पछि उनीलाई कोहलपुरका विभिन्न विद्यालयहरुमा अध्यानरत विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् । कोहलपुरमा रहेका समुदायिक र संस्थागत विद्यालयहरुमा अध्यानरत विद्यार्थीहरुले आर्थिक सहयोग गरिरहेको उनीले बताएकी छिन् । आर्थिक सहयोग गर्ने विद्यार्थीहरुमा बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस, डाईनामिक क्याम्पस, बागेश्वरी एकेडेमी, कोहलपुर मोडल कलेज, साईनिङ्ग स्टार, बाल ज्योति र बाल विद्या मन्दिरमा अध्यानरत विद्यार्थीहरुले रहेका छन् ।
त्यस्तै सगरमाथिा ज्ञानपुञ्ज, राम जानकी उ.मा.वि., बाँके मुनलाईट, राम मा.वि., ब्राइटलाइट एकेडेमी, कृष्ण मा.वि. र जन ज्ञान ज्योति विद्यालयका विद्यार्थीहरुले पनि सुवेदीको उपचारको लागि आर्थिक सहयोग गरेका छन् ।
त्यस्तै कोहलपुरमा रहेका विभिन्न
बैंक, व्यापारी र संघ संस्थाहरुले पनि आर्थिक सहयोग गरेका छन् । विद्यार्थी, बैंक, व्यापारी र संघ संस्थाहरुले गरेको सहयोगबाट हाल सम्म एक लाख ५० हजार रुपौंया संकलन भएको छ । आर्थिक र अन्य सहयोगका लागि विभिन्न संघ संस्था र सरोकारवाला निकायलाई आग्रह समेत उनकी श्रीमती गीता सुवेदीले गरेकी छिन् ।
प्रकाशित मिति : २०७२ पुस ६ गते सोमबार
प्रतिक्रिया दिनुहोस्