सोमराज ढकाल
छिन्छु, मंसिर ४,
वाल क्लिनिक बिरेन्द्रनगर सुर्खेत र ओम स्वस्तिक नर्सिङ होम एण्ड फार्मेसीको सह आयोजनामा छिन्चु को पांडुलेमा २ वटा शिविरका बाढिपिडितका बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको छ ।
बाल क्लिनिक सुर्खेतका बाल रोग बिशेषत्र डा. नवराज के.सी., डा. निशान्त के.सी., डा. अर्चना कार्कि र ओम स्वस्तिक नर्सिङ होम एण्ड फार्मेसीका प्रो. प्रेम सिंह ठकुरी सहितका टोलीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
शिविरमा विगत २०७१ श्रावण २८ र २९ गते आएको अविरल वर्षा संगैको बाढि पहिरोबाट विस्थापित भई छिन्चु स्वास्थ्य चौकि परिसरमा रहेका बाढिपिडित अस्थायी शिविर र पाडुलेमा रहेका बाढि पिडित अस्थायी शिविरमा बसेका पिडितहरुका ७१ जना बालबालिकाको स्वास्थ्य परिक्षण गर्नुका साथै निःशुल्क औषधि वितरण गरिएको थियो ।
आजका बालबालिका भोलिका यो देशका खम्बा हुन र उनीहरुले स्वास्थ्य सेवा बञ्चित हुनु हुंदैन, नसिंङ होम ले स्वास्थ्य जनसरोकार र पिडामा रहेका समुदायलाई सक्दो सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ आफुहरुले यो अभियान सञ्चालन गरेको डा. नवराज के.सी. ले बताए ।
यसै अभियान अन्र्तगत गिरिघाटमा पनि ११५ जनाको निशुल्क स्वास्थ्य परिक्षण र निशुल्क औषधि वितरण गरिएको र आगामी दिनमा नियमित फलोअप का साथै वाढि पिडित बालबालिकाहरुलाई जुत्ता र टोपी समेत वितरण गरिने बताए । बाढि पिडितहरुलाई अस्थायी शिविरमा बसुन्जेल सम्म आफुहरुले नियमित निःशुल्क सेवा प्रदान गरिने बताए ।
मुटु सम्बन्धि गम्भिर समस्या भएका बालबालिकालाई मुटुको अपरेसनको लागि बिभिन्न च्यारिटि हरु मिलाईदिने र अपरेसनमा सहयोग गरिने बताईएको छ । शिविरमा चेकअपका लागि आएका बालबालिकाहरुमा अधिकांश बालबालिकामा न्युमोनिया, ईन्फेक्सन र चिसोको असर देखिएको छ ।
बाढि पिडित भएको केही महिना सम्म बिभिन्न संघ संस्थाहरुले सहयोग गर्दे आएपनि हाल राज्यका कुनै निकाय र संघ संस्थाले सहयोग नगरेकोमा त्रिपाल मुनीको बसाई धेरै कष्टकर भएको बाडिपिडितहरुले बताए ।
गत बैसाख १२ गते गएको महा–भुकम्प बाट क्षेती भएका जिल्ला सरह बाढि पिडितहरुले पनि सेवा सुविधा पाउने भनी मन्त्रि परिषद बाट निर्णय भएतापनि अहिले सम्म वास्तविक वाढिपिडितहरुले राहत पाउन नसकेको गुनासो गर्छन पांडुले स्थित विस्थापित शिविरवासीहरु ।
प्रतिक्रिया दिनुहोस्